तुषित इन्भेष्टमेन्टले ‘कोइली’ बनाउने बिट्स क्राफ्टको अग्राधिकार सेयर किन्ने

काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा अग्राधिकार सेयरमार्फत लगानी गरेको छ । २०८३ आश्विन ७ गते आयोजित कार्यक्रममा तुषित इन्भेष्टमेन्टका अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्टका प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जलविद्युत्, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा घरजग्गा क्षेत्रमा लगानी गर्दै आएको तुषित इन्भेष्टमेन्टले यस सम्झौतासँगै सूचना प्रविधि क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेको हो ।

वि.सं. २०६६ मा स्थापित बिट्स क्राफ्टले बैंक तथा बीमा क्षेत्रका लागि सफ्टवेयर विकास गर्दै आएको छ । कम्पनीले हाल लोकप्रिय ‘कोइली’ नामक भुक्तानी पुष्टि गर्ने उपकरण (साउन्डबक्स) मार्फत विभिन्न वित्तीय संस्थाहरूसँगको सहकार्यमा ४० हजारभन्दा बढी व्यवसायीलाई सेवा प्रदान गरिरहेको छ ।

तुषित इन्भेष्टमेन्टले ‘कोइली’ बनाउने बिट्स क्राफ्टको अग्राधिकार सेयर किन्ने